काठमाडौं । मिटरब्याज पीडित बालुवाटार पुगेका छन् ।
केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्न बोलाएपछि उनीहरु आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । काठमाडौं आएका सबै पीडित बालुवाटार प्रवेश गरेका छन् ।
न्याय माग्न ११ दिन हिडेर काठमाडौं आएका पीडितसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा छलफल भएको थियो ।