काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मधेसीको आँखा खुलेको दिन सिके राउतले मधेस र मधेसी देख्न नसक्ने बताएका छन् ।
‘मधेस नेपाल हैन नामको देशद्रोही अभियानबाट जनमत पार्टी नामको खरानी तयार पारेका छन् । उनी राजनीतिका नयाँ जोगी हुन् । मधेसीको आँखामा खरानी छर्किदै हिडेका छन्’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘ज-जस्को आँखामा सिके राउतले खरानी छर्किए, उनको आँखा खुलिसकेको छैन । जुन दिन मधेसीको आँखा खुल्छ, सिके राउतले मधेस र मधेसी देख्न सक्ने वाला छैनन्’- उनले भनेका छन् ।
मधेसमा एक घर एक रोजगारको नारा बेचेर आफ्नो लागि राजनीतिको गेरुवा बस्त्र किनेको समेत बस्नेतले आरोप लगाएका छन् ।