logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश नबन्ने भएपछि म पनि बाटो बदल्न बाध्य भएँ : स्वर्णीम वाग्ले

    पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश नबन्ने भएपछि म पनि बाटो बदल्न बाध्य भएँ : स्वर्णीम वाग्ले

    1.3K
    Shares
    पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश नबन्ने भएपछि म पनि बाटो बदल्न बाध्य भएँ : स्वर्णीम वाग्ले

    काठमाडौं । नेपाली कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णीम वाग्लेले अब पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश परिवर्तन नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज गरेको पत्रकार सम्मेलनमा वाग्लेले नेपाल विकसित बनाउन निकै ढिलो भइसकेको बताए ।

    देश बनाउन ढिलो भएको आभाषले नै आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महाअभियानमा उभिन बाध्य बनाएको वाग्लेको भनाइ छ ।

    ‘व्यवस्था नै परिवर्तन गरेपछि नागरिक र देशको अवस्था परिवर्तन हुन्छ भनेर हामीले ७० वर्ष खेर फाल्यौँ । तर व्यवस्था मात्रै फेरियो, अवस्था फेरिएन । राणा शासन, पञ्चायत र राजतन्त्र लगायतका व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन भएन । त्यसैले म पनि बाटो बदल्न बाध्य भएँ’ वाग्लेले भने ।

    उनले अब पुरानो ढर्राको राजनीतिले देशले केही नपाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो केही गरौँ भनेर उदाएको र विज्ञ व्यक्ति नेता भएको पार्टीमा आफू जोडिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend