अष्ट्रेलिया । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले नेपाली नयाँवर्ष २०८० नेपालका चर्चित कलाकार हरिवंश आचार्य लगायतका कलाकारहरुसँगै मनाउने भएका छन् ।
कास्की समाज अष्ट्रेलिया र नेपलीज असोसिएसन अफ कुइन्सल्यान्डको आयोजनामा यही अप्रिल ६ का दिन Strathpine Community Hall मा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा लोकप्रिय गायक हिमाल सागर, गायिकाहरु टिका प्रसाइ र अन्जिला रेग्मीको सांगितीक प्रस्तुती रहने छ भने मिस नेपाल २०११ मलिना जोशीले कार्यक्रम संचालन गर्नेछिन् ।
नेपाली पाठशाला ब्रिसबेनको सहयोग लगायतका परोपकारी उद्वेश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा सहकार्य गर्न चाहाने गैरआबासिय नेपाली संगठन अष्ट्रेलिया कुइन्सल्यान्ड, कुइन्स्ल्यान्ड नेपाली सान्स्कृतिक केन्द्र नेपाली पाठशाला ब्रिसबेन लगायतका संघ संस्थाहरुलाई कार्यक्रम सम्पन्न गर्नका लागि आर्थिक र अन्य रुपमा सहयोग गर्ने सबै प्रायोजक तथा संस्थाहरुलाई आयोजकले धन्यवाद दिएको छ ।