काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको हो ।
बैठकमा सरकारमा सहभागी नभएका शेखर कोईराला पक्षका मन्त्रीहरुको बारेमा छलफल हुनेछ । साथै पार्टीभित्रको आन्तरिक समस्याका बारेमा पनि छलफल गर्ने र बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि कसलाई उठाउने भन्ने बारेमा पनि निर्णय गरिने बताइएको छ ।