काठमाडौँ । नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो ।
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि कांग्रेसले जसपालाई समर्थन गर्ने भएको हो ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी छ ।