logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकार निर्माणको सय दिनमा कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि : रेखा शर्मा

    सरकार निर्माणको सय दिनमा कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि : रेखा शर्मा

    1.5K
    Shares
    सरकार निर्माणको सय दिनमा कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि : रेखा शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको सोमवार (भोलि) सय दिन पुग्दैछ । प्रधानमन्त्री दाहाल पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने पुष ११ गते पद तथा गोपनियताको शपथ लिँदै पहिलो पटक मन्त्रिपरिषद् गठन गरेका थिए ।

    सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकारले सेवा प्रवाह र कानून निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । उनले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरु व्यवस्थित हुँदै गरेको बताइन् । त्यस्तै किसानको समस्या समाधान गर्न दुध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताइन् । उनले सरकारले समयमै पाठ्यपुस्तक पु¥याउने तयारी गरिरहेको पनि उनले बताइन् ।

    उनले भनिन्– ‘मुलतः कानून निर्माणको क्षेत्रमा, सेवा प्रवाहको क्षेत्रमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ सय दिनको अवधिमा । सेवा प्रवाहको क्षेत्रमा हेर्दाखेरी भीडभाड हुने ठाउँहरुमा सरकारले क्यू सिस्टम हटाउने भनेको थियो । क्यू सिस्टम धेरै व्यवस्थित हुँदै गएको छ । र यो छोटो समयमा त्यो पूर्ण रुपमा व्यवस्थित भएर जानेछ । अर्कोकुरा अर्थतन्त्रमा जुनखालको डामाडोलको स्थिति थियो, यसको वाह्य स्वरुप सुधार भएको छ । किसानका समस्यासँग सम्बन्धित भएर दुधको मूल्यदेखि लिएर गहुँको समर्थन मुल्य तोक्ने लगायतका विषयहरु जतिपनि छन् । ति विषयहरुलाई पनि सरकारले समयमै सम्बोधन गरेको छ । पाठ्यपुस्तक समयमै पु¥याउने गरी सरकारको तयारी छ । मिटरब्याजसँग सम्बन्धित विषय जुन छ, कानूनतः यसलाई अपराध घोषणा गर्दै कानूनी दायरामा ल्याउनको निम्ति अपराध संहिता २०७४ लाई संशोधन गरेर जाने भनेर प्रक्रिया पनि अगाडी बढेको छ । यो समाधान गर्नका निम्ति गृहमन्त्रालय अन्तर्गत आयोग बनेको छ । सेवा प्रवाह र कानून निर्माणको सन्दर्भमा महत्वपूर्ण खुट्किलाहरु पारित हुँदैछन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend