logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गर्भावस्थामा के गर्ने के नगर्ने ? स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जागेश्वर गौतमका टिप्स ! (भिडियो)

    गर्भावस्थामा के गर्ने के नगर्ने ? स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जागेश्वर गौतमका टिप्स ! (भिडियो)

    5.6K
    Shares

    मंसिर १३ काठमाडौं सुन्दर र स्वस्थ बच्चाको चाहना नराख्ने को होला ? वैवाहिक जीवनमा बाँधिएका अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा जन्माउने । तर गर्भ बसेपछि जानीनजानी गरिने कतिपय कमजोरीका कारण आमा तथा बच्चाको स्वास्थ्यमा ठुलो समस्या आउने गर्छ।

    स्वस्थ र निरोगी बच्चा जन्माउनका लागि र बच्चाको सर्वाङ्गीण विकासका लागि दम्पतीले पेटमा बच्चा बसेपछि मात्र होइन, त्यो भन्दा धेरै अगाडिदेखि नै विशेष ध्यान दिनु आवश्यक भएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा जागेश्वर गौतम बताउनु हुन्छ ।

    गर्भावस्थामा साविकभन्दा बढी पोषणको आवश्यकता हुन्छ। प्रोटिन, आइरनयुक्क्त खानेकुराहरु प्रसस्त मात्रामा खानुपर्छ। आमाबाट आइरन बच्चामा जाने भएकाले पनि आइरन चक्की सरकारका तर्फबाट निःशुल्क वितरण गरिएको छ। साथै, बच्चा जन्माउने बेलामा भएको रक्त्तस्रावको परिपूर्तिका लागि पनि आइरन चक्की र आइरनयुक्क्त खानेकुरामा विशेष ध्यान दिनुपर्छ। माछा, मासु, हरियो सागपात प्रसस्त मात्रामा खानुपर्दछ। गर्भवती महिलाले पहिलो महिनामा बिशेष ध्यान दिनु पर्दछ। किनकि गर्भाधान भएको पहिलो ४ हप्ता सम्म भ्रुण राम्रो बिकाश हुन सकेन भने सन्ततिमा मानशिक समस्या आउन सक्दछ। तेस्तै गरि पहिलो ४ हप्ता सम्ममा भ्रुणको राम्रो बिकाश भएमा शिशु स्वस्थ जन्मिन्छ।

    पोषणले बच्चाको बृद्धि विकासमा सहयोग पुग्छ। साथै, फोलिक एसिडको प्रयोग गर्भ रहनुभन्दा तीन महिना अघिबाट गर्न थालियो भने बच्चामा हुने न्युरल ट्युब डिफेक्टको समस्या न्यून हुन्छ। सन्तुलित भोजनका साथै आइरन र क्याल्सियम चक्कीको प्रयोग पनि गर्भ अवस्थाका लागि लाभदायक हुन्छ। तर, आइरन र क्याल्सियम गर्भ रहेको पहिलो तीन महिनापछि मात्र स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रयोग गर्नुपर्छ। गर्भवती महिलालाई सामान्य अवस्थामाभन्दा अलि बढी आरामको आवश्यकता पर्दछ। लामो समयसम्म उभिने र बस्ने गर्नु हुँदैन। लगभग दिनमा दुई घण्टा अनि राति आठ घण्टा निदाउनुपर्छ। सुत्दा सकेसम्म देब्रे कोल्टे फर्केर सुत्नु राम्रो हुन्छ। जसबाट गर्भमा रहेको बच्चाको रक्क्त सञ्चारमा असुविधा हुँदैन।

    गर्भअवस्थाको सुरुवाती चरणमा गर्भवती महिलाले के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ भन्ने बिषयमा हामीले थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका प्रबन्ध निर्देशक तथा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जागेश्वर गौतमसंग बिस्तृतमा कुराकानी गरेका छौं। हेर्नुहोस सुनौलो नेपालका लागि डा. गौतमसंग  मोहराज शर्माले गरेको कुराकानी:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend