सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण शुरु गरेको रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र छ । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड रुपैयाँ ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर निर्माण रोकेका थिए । म

न्त्रिपरिषद्को निर्णयसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend