मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

 काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै

 काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै

t];|f] /fli6«o ;xsf/L dxf;Dd]ngaf/] hfgsf/L sf7df8f}F, @! r}tM /fli6«o ;xsf/L dxf;Dd]ng / e"ld Joj:yf, ;xsf/L tyf ul/aL lgjf/0f dGqfnosf] ;+o'Qm cfof]hgf oxL r}t @# b]lv @% ut];Dd x'g] t];|f] /fli6«o ;xsf/L dxf;Dd]ngaf/] kqsf/ ;Dd]ngdfkm{t hfgsf/L lbFb} dxf;Dd]ngsf cWoIf ldg/fh s+8]n . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालको संयुक्त आयोजनामा दुई दिने राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको महासंघले चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन गर्न लागेको जानकारी दिएको हो । सहकारी महासम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन स्टेरिङ कमिटि सदस्य सचिव चित्रकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन कायम गर्ने मुख्य उद्देश्य रहेको बताइन् ।

उनले सम्मेलनमा सरकारका प्रतिनिधि,जनप्रतिनिधि,सातै प्रदेशका सहकारी कर्मी,निजी क्षेत्रका प्रतिनिधि,गैरसहकारी संघ,विश्वविद्यालयका प्राध्यापकहरु र अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको गरी करिव एक हजार जनाको सहभागिता हुने बताइन् । उनले सम्मेलनमा भाग लिन अस्ट्रेलिया,जापान,भारत लगायतका विज्ञहरुको सहभागिता रहने बताइन् ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सम्मेलनमा नेपालको सहकारी अभियानको अवस्था,वर्तमान समस्या र चुनौतिको विषयमा छलफल हुने बताए । उनले सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट सहकारीका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने बताए । उनले २०३० सम्म दिगोविकासको लक्ष्य पूरा गर्न सहकारीले कस्तो भुमिका खेल्दैछ भन्ने विषयमा छलफल हुने बताए ।

उनले अब नेपालको सहकारी अभियानको दिशा निर्देश गर्नेको लागि महासम्मेलन गर्न लागेको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend