काठमाडौँ । सर्लाहीको मलंगवा नगरपालिका– ८ भन्सारस्थित सीमा ईलाकाबाट अवैद्य ३ लाख २० हजार नेपाली रुपैँयासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने २७ वर्षीय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा)को सशस्त्र प्रहरीको टोलीले श्रोत नखुलाईएको नेपाली नोटसहित उनलाई आज नियन्त्रणमा लिइएको हो ।
बी.आर. ३० ए.ए. ३४५५ नम्बरको मोटरसाईकलमा सवार उनलाई जाँच गर्दा उनको साथमा फेला परेको रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । बरामद भएको रुपैँयामा १ सय दरको २ सय वटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेका छन् ।
नियन्त्रणमा लिइएका तिवारीलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।