logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् : पूर्ण बस्नेत

    उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् : पूर्ण बस्नेत

    1.9K
    Shares
    उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् : पूर्ण बस्नेत

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुने बताएका छन् । उपनिर्वाचनबारे बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका छन् ।

    ‘उपेन्द्र यादवले संघीयता र समानुपातिक समावेशीताको मुद्दालाई स्थापित गराए । यिनले मुलुकको परिवर्तनका खातिर जेल जीवन व्यतित गरेका छन् । राजनीतिक मुद्दा खेपेका छन् । यिनी जनताको खातीर आफूलाई समर्पित गरेका एक अथक योद्धा हुन्,’ बस्नेतले भने ।

    उनी परिवर्तन, जनताको सुख, समृद्धि र मुलुकको हितका लागि चिन्तन गरिरहने एक राजनीतिक चिन्तक हुन् । मधेस र पहाडलाई भावनात्मक रुपमा जोड्ने काममा उनको महत्वपूर्ण योगदान छ, बस्नेतले बताए ।

    बस्नेतले भने, ‘उपेन्द्र यादवले कहिल्यै गुनासो गर्दैनन् । हारदेखि भाग्ने र जितमा मात्तिने यिनको स्वभाव छैन । यिनको एउटै उद्देश्य छ, उत्पीडित समुदाय र श्रमजीवी वर्गको मुक्ति । नेपालको राजनीतिलाई उपेन्द्र यादव चाहिन्छ। जनताको साथ, सहयोगले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend