काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठक बिहीबार सिंहदरबारमा सुरू भएको छ।
बैठकमा पूर्वाधार विकास निर्माणमा देखिएका समस्या समाधानका विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
साे बैठकमा प्रधानमन्त्री दाहालसहित मन्त्री, प्रदेशका मुख्यमन्त्री, सचिवलगायतको सहभागिता रहेको छ ।
छलफलमा विकास निर्माणमा देखापरेका समस्या पहिचान गरी तत्काल समाधान गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन्।