logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विज्ञापन बिस्तारले मात्रै सञ्चारमाध्यमलाई धान्नसक्ने अवस्था छैन : अध्यक्ष हुमागाईं

    विज्ञापन बिस्तारले मात्रै सञ्चारमाध्यमलाई धान्नसक्ने अवस्था छैन : अध्यक्ष हुमागाईं

    1.3K
    Shares
    विज्ञापन बिस्तारले मात्रै सञ्चारमाध्यमलाई धान्नसक्ने अवस्था छैन : अध्यक्ष हुमागाईं

    काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले वर्तमान अवस्थामा विज्ञापन बजारलाई बिस्तार गरेर मात्रै सञ्चारमाध्यमलाई धान्नसक्ने स्थिति नभएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै अध्यक्ष हुमागार्इंले यस्तो बताएका हुन् ।

    उनले पछिल्लो समय सञ्चार माध्यमको अनियन्त्रित रुपमा गुणात्मक भन्दा पनि संख्यात्मक बिस्तारलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले करिव ३ करोड जनसंख्या भएको मुलुकमा २३० टेलिभिजनहरु दर्ता भएको र १२५ वटा टेलिभिजनले आवेदन दिएको बताए । अध्यक्ष हुमागाईंले यस्तो अस्वस्थ्य रुपमा सञ्चार माध्यमको बिस्तारलाई विज्ञापन बजारले धान्न नसक्ने बताए । उनले विज्ञापन बोर्डले आगामी तीन महिनामा विज्ञापन बजारलाई व्यवस्थित गर्ने बताए । उनले सञ्चार माध्यमहरु अहिले संकटमा रहेको बताए । उनले विज्ञापन व्यवसाय विज्ञापन बोर्डले चाहेर मात्रै पनि सुधार हुन नसक्ने बताउनु भयो । उहाँले विज्ञापन बजार नबढेसम्म सञ्चारमाध्यमहरु बाच्न नसक्ने बताए । उनले सञ्चार माध्यमहरु नबोचेसम्म यो मुलुकको लोकतन्त्र बाच्न नसक्ने उल्लेख गरे । उनले लोकतन्त्र बचाउनको लागि भएपनि विज्ञापन बजारको दायरा बढ्न आवश्यक रहेको बताए ।

    त्यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले अस्थिर सरकारको अस्थिर नीतिको असर निजी क्षेत्रले भोग्नुपरेको बताए । उनले सरकारको नीति स्पष्ट नहुँदा अझै व्यवसाय गर्ने वातावरण नभएको बताए । उनले बैंकको ब्याजदरमा भएको वृद्धिले व्यवसायीहरुलाई थप समस्या बनाएको बताए ।

    उनले चालु आर्थिक वर्षको १० महिना हुँदा समेत पुँजीगत खर्च बढ्न नसक्दा अर्थतन्त्रमा समस्या आएको दाबी गरे । उनले सरकारले नीति क्षेत्रलाई प्रोत्साहन गर्नु पर्नेमा थप समस्या बढाउँदै गएको आरोप लगाए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend