मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सरकारले माननीयले बोलेको केही पनि नसुनेको भन्दै सांसद ढकालले गरे शुन्य समयमा मौनधारण

सरकारले माननीयले बोलेको केही पनि नसुनेको भन्दै सांसद ढकालले गरे शुन्य समयमा मौनधारण

काठमाडाै‌ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शुन्य समयमा मौनधारण गरेका छन् ।
सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले सो समय मौनधारण गरेर व्यथित गरेका हुन् ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय,… यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौन धारण गरेँ । धन्यवाद’

प्रतिनिधिसभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिएका सांसद ढकालले भने ‘सम्माननीय सभामुख महोदय,…’भनेर मौन बसे । र, पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend