काठमाडौँ । नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
५० वर्षीय प्रेम लामाले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीले तत्कालै उनकाे सुरक्षित उद्धार गरेको थियो।
उनलाई बानेश्वर वृत्तमा लगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उद्धार गरिएका व्यक्तिलाई वृत्तमा राखेर परिवारको जिम्मा लगाउने काम भइरहेको छ।