मंसिर १८ काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) मा साइक्लिङमा नेपालले २ वटा स्वर्ण पदक जितेका छन्। साइक्लिङमा जितेका २ वटा स्वर्ण पदकसँगै नेपालको स्वर्ण संख्या २७ पुगेको छ।
गोकर्णमा बुधबार साइक्लिङअन्तर्गत डाउनहिलको महिला र पुरुषमा गरी नेपालले २ स्वर्ण जितेका हुन्। नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते।
त्यस्तै महिला १० हजारमा नेपाली सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । प्हिलाृ ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् ।यता १ मिलिसेकेण्डले पछि पर्दै भारतक कबिता यादबले रजतमा चित्त बुझाइन् ।श्रीलंकाकी निलन्थी लंकाले ३५.५९.०२ मा निर्धारित दौड पुरा गर्दै कास्य पदक हात पारिन् ।