काठमाडौं । समाज डेन्टल हस्पिटलको ९ औं शाखा जोरपाटीमा खुलेको छ । “दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता” भन्ने उदेश्यका साथ २३ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९ औं शाखाले आज देखि जोरपाटी बौद्धमा आफ्नो सेवा सुरु गरेको हो ।
समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध–जोरपाटीबाट पनि सेवा दिने हेतुले शाखा बिस्तार गरेको हो ।
शनिबार एक विशेष कार्यक्रम गरि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले सेवाको उद्घाटन गरे । उदघाटनका सम्पुर्ण सेवाहरुमा ५०५ छुट र बाँकी चैत्र महिना र बैशाख महिना भरि १५% छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिलेले जानकारी दिए ।
प्रबन्धक घिमिरिले एतिहासिक धार्मीक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी व्यक्त गरे । जोरपाटीमा सेवा शुभारम्म गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सवैले दन्तसेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउदा खुसि लागेको बताए ।
समाज डेण्टल हस्पिटलले विगत २३ बर्ष देखि दाँत तथा मुख सम्वन्धी सेवा दिइरहेको छ ।