मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

प्रचण्डले गठबन्धन फेरेर ठूलो गल्ती गरे: योगेश भट्टराई

प्रचण्डले गठबन्धन फेरेर ठूलो गल्ती गरे: योगेश भट्टराई

ताप्लेजुङ । एमालेका सचिव योगेशकुमार भट्टराईले गठबन्धन परिवर्तन गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत गरेको बताएका छन् ।

प्रेस चौतारी ताप्लेजुङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदीय व्यवस्थामा सरकार बदलिनु, नयाँ सरकार बन्नु अचम्म नभए पनि गठबन्धनको सरकार गठबन्धन सरकारकै प्रधानमन्त्रीले बदलेर संसदीय व्यवस्थाको विकृत रुप देखाएको दाबी गरेका छन्।

उनले संसदीय व्यवस्था बदनाम भए पनि प्रधानमन्त्रीलाई कुनै अप्ठेरो नहुने बताए । मुलुकको अवस्था चितुवाको गतिमा दौडनुपर्ने भएकाले कछुवाका गति नलिन पनि प्रधानमन्त्रीलाई भट्टराईको सुझाव छ ।

उनले ३२ सिट भएको पार्टीले देश चलाउने सम्भावना नभएको दाबी समेत गरे । जनमतबाट बढी सिट पाएका दलहरुलाई पुच्छर लगाएर थोरै सिट भएको पार्टीका नेताले मुलुक चलाउँदा जनताको अपमान भएको पनि उनको भनाइ थियो ।

‘सरकारको तीन महिनाको अवधि सकियो, प्रधानमन्त्री मेला, भेला उद्घाटन गरेर हिँडेका छन्,’ ‘दिशाहीन सरकारको कुरा सुरक्षाकर्मी, निजामती कर्मचारीले पनि मान्दैनन्, कसरी देश चल्छ ?’ भट्टराईले भने ।

सरकारको गन्तव्य पत्ता नलागेकोले यो गठबन्धन कति रहन्छ भन्ने प्रश्न उठिसकेको उनले बताए । ‘यतिबेला मुलुकमा पैसा छैन, बजेट दिनानुदिन कटौती भएको छ, ५५ वर्षमा मुलुक राजस्वको लक्ष्यभन्दा उल्टो दिशामा छ,’ भट्टराईले थपे, ‘विदेश सम्बन्ध अविश्वासिलो छ, सुरक्षा निकाय कर्मचारीतन्त्रमा अन्योलता छ अनि कसरी सरकार चल्छ ।’ मुलुकलाई गति दिन एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि दाबी गरे ।

 

 

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend