logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • रास्वपाको अनुशासन आयोगको बैठक बस्दै, ‘अडियो प्रकरण’ बारे छानबिन गर्ने

    रास्वपाको अनुशासन आयोगको बैठक बस्दै, ‘अडियो प्रकरण’ बारे छानबिन गर्ने

    1.1K
    Shares
    रास्वपाको अनुशासन आयोगको बैठक बस्दै, ‘अडियो प्रकरण’ बारे छानबिन गर्ने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो ।

    बैठक बिहान ११ बजे बस्दै छ । बैठकले सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

    सांसद श्रेष्ठले बाहिरीएको अडियोको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन् । यता, पार्टीका सभापति रवि लामिछानेले आरोप प्रमाणित भएमा उनलाई सांसद पदबाट बर्खास्त गर्ने जनाई सकेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend