चुनावी घरदैलोमा व्यस्त छन् उपेन्द्र यादव, भन्छन् चुनाव जित्नेमा ढुक्क छु
काठमाडौं । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उपेन्द्र यादव चुनावी घरदैलोमा व्यस्त छन् ।
उपेन्द्र यादवलाई जिताउन उक्त निर्वाचन क्षेत्रका प्रत्येक टोलमा टोल कमिटि गठन गरिएको छ । बिहानदेखि बेलुकासम्म हुने घरदैलो, अन्तरक्रिया र चुनावी सभामा व्यस्त छन् उपेन्द्र ।
उनले आफू उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भएपछि गर्ने कार्यहरुको सूचि तयार पार्ने काम गरिहेका छन् भने जनताले व्यक्त गरेका गुनासो, हरेक पालिका, वडा र टोलको आवश्यक्ता अनि जनताहरुको माग टिपोट गरिरहेका छन् ।
चुनावी घरदैलोमा व्यस्त उपेन्द्र यादव जनताहरुले आफूलाई विश्वास गर्नेमा ढुक्क देखिन्छन् ।