मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको हो।

सोमबार प्रतितोला सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ९ हजार ३०० कायम भएको छ। सुनको मूल्‍य बढेसँगै चाँदी पनि बढेको छ।

आज ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend