logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउन सक्छः अध्यक्ष गोल्छा

    सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउन सक्छः अध्यक्ष गोल्छा

    1.1K
    Shares
    सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउन सक्छः अध्यक्ष गोल्छा

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउने बताएका हुन् ।

    मंगलवार महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राखेका हुन् ।  उनले उद्योगी तथा व्यवसायीहरुबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताए ।

    उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने बताए । उनले तत्कालका लागि व्यवसायमा कठिन भएपनि व्यवसायीहरुले नै मुलुकमा सम्मुन्नति कोर्ने बताउने दाबी गरे । उनले व्यवसायीहरुको अनकुलतालाई प्रतिकुलतामा वदल्ने गर्विलो इतिहास रहेको भन्दै अर्थतन्त्रमा देखिको निराशा कम हुँदै जाने बताए । उनले विभिन्न देशहरुमा भएको अर्थतन्त्रको उदाहरण दिँदै नेपालले पनि अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सक्ने बताए ।

    अध्यक्ष गोल्छाले नेपाल जस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पुर्‍याउन र ३० वर्षअघि १ सय दिनको अवधिमा ८ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको र नेपालले पनि गर्नसक्ने बताए । उनले महासंघ सरकारबिरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै जनताको जीवनस्तर उठाउन काम गरिने बताए । उनले अब महासंघको नेतृत्व काविल हातको जिम्मा लगाउन लागेको बताए । उनले महासंघको जिम्मेवारी वहन गर्ने हातहरुले सहजतापूर्वक काम गर्नका लागि सरकारले वातावरण सिर्जना गरिदिनुपर्ने पनि बताए ।

    उनले भने,‘अर्थतन्त्रमा अहिले निराशा छ यो हटेर जान्छ । अहिले लागत बढेको छ तर सधैँ अक्सर टाढा रहने छैन । अहिले व्यवसायी कठिन छ । तर सम्मुन्नतिको बाटो हामीले नै कोर्ने छौं । यो मेरो कल्पना मात्रै होइन । विगतमा हामीले पुष्टि गरेर देखाएका छौं । व्यवसायीहरुको अनकुलतालाई प्रतिकुलतामा वर्दलने गर्विलो इतिहास हामीसँग छ । अब पनि यो सम्भव छ ।अब मैले उद्योग वाणिज्य महासंघलाई काविल हातको जिम्मा लगाउँदैछु । महासंघले निर्वाध काम गर्न पाऔं । यो उद्योग मन्त्रीले अवसर सिर्जना गरिदिनुपर्छ । व्यवसायीहरुको खुट्टामा जन्जीर लगाउने सुविधा छैन । व्यवसायीहरुको सहकार्य सरकार बिरुद्धको आन्दोलनमा कहिल्यै नहोस् । सरकार र व्यवसायीहरुको सहकार्य सर्वसाधरणको लागि होस् । सरकारले हामीलाई सहयोग गरोस् मुलुकमा समउन्नति लिएर आउँछौं । यो सम्भव छ । निजी क्षेत्र अघि बढ्दा भारतमा प्रति वर्ष १ दशमलव ४ का दरले गरिबीको दर दर घटेको छ । हामीजस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पुगेको छ । ३० वर्षअघि १ सय दिनको अवधीमा ८ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसतन ८ प्रतिशत रहेको छ । अहिले अफ्रिकाको दोस्रो व्यवसायिक नीति भएको मुलुक पनि बनेको छ । अहिले हामी अर्थतन्त्र सुधारमा लगेका छौं । यो अवस्था हामी सबैले सिर्जना गरेका छौं । असर पनि हामीलाई नै परेको छ । समाधान पनि हामीसँगै छ । अहिलेको आर्थिक गतिविधि डेढ वर्षअघिको अवस्थामा आधा घटेको छ । उत्पादन लागत, औपचारिक रुपमा ९ महिनादेखि ८ प्रतिशतको दरमा रहेको मूल्यले खर्च गर्ने शक्ति कम भएका छ ।’

    उनले आफैँले सिर्जना गरेको अर्थतन्त्रको समस्या सुधार गर्नुपर्ने अवस्था आएको बताए । उनले नेपालको आर्थिक गतिविधि डेढ वर्ष अघिको अवस्थामा ५० प्रतिशले घटेको बताए ।

    उनले वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न सुझाव दिए । उनले उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अपm्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend