मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सैनिक शिविरमा गोली चल्दा ४ जनाको मृत्यु

सैनिक शिविरमा गोली चल्दा ४ जनाको मृत्यु

भटिन्डा पञ्जाब । यहाँस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ । आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो ।

घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो । घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी गरी घटनामा संलग्नको खोजी भइरहेको छ । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ । (रासस/एएनआई)

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend