logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल बैधानिकता खोजी गर्न सरकारसँग माग

    देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल बैधानिकता खोजी गर्न सरकारसँग माग

    1.1K
    Shares
    देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल बैधानिकता खोजी गर्न सरकारसँग माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल बैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टको बैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको बैधानिकता खोजी गर्नुपर्ने बताएकी हुन् ।

    सांसद कार्कीले त्यसका लागि छानवीन गर्न संसदीय समिति बनाउन पनि माग गरिन् । उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराइन् ।

    सांसद कार्कीले भनिन्, ‘ललितपुरको बखुन्डोल हाईटमा १८ रोपनी जग्गामा १६ तले समिट अपार्टमेन्ट बनाईरहँदा विना नक्सा पास, विना इआईए, विना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण रुपमा क्षति भएका छन । भासिने, चर्कने क्रम जारी छ । स्थानीयहरुले पटकपटक उजुरी दिएपनि काम नरोकिएको गुनासो गरेका छन । अघिल्लो संसद बैठकमा पनि कुरा उठ्यो । तर, बैधानिक प्रक्रिया अघि बढेको छैन । सभामुख महोदय, म आग्रह गर्न चाहन्छु–यसरी देशभर बनाईरहेका होटलहरु, भवनहरु, अपार्टमेन्टहरुको बैधानिकता खोजी गरियोस् । संसदीय समिति बनाई कन यसको छानवीन प्रक्रिया अघि बढाईयोस् । दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैबाट सुरु गरियोस् ।’

    सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानवीनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दवाव दिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend