logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि

    नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि

    1.9K
    Shares
    नेप्से परिसूचक ९२.२२ अंकले वृद्धि

    काठमाडौं । वैशाख महिनादेखि बैंकको ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । पछिल्लो समय निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको नेप्से परिसूचक बुधवार ९२.२२ अंक बढेर १९६३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४२ अंकले बढेको छ ।

    बुधवार कारोबारमा आएका २७६ कम्पनीको ६१ लाख ७ हजार कित्ता शेयर १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । मंगलवार ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक करिव ७ प्रशित बढेको छ भने लघुवित्त, बैंकिङ र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

    बुधवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएसँगै ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इक्विटी फण्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन, गणपति लघुवित्त लगायत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । बुधवार शिवम सिमेन्ट्स कम्पनीको ११ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend