logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

    संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

    987
    Shares
    संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

    काठमाडौँ । नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ । सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

    ‘किमाथाङ्का नाका बन्द छ । आवतजावत पनि ठप्प छ । नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु’, सांसद खड्काले भने। साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उनले संसद्मा उठाए ।

    ‘वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नुहँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसङ्ख्या भोकमरीमा पर्ने अवस्था छ । यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु ।’ सांसद खड्काले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend