काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत पुस ३० गते पारित गरेको १३ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्न सुरु गरेको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ७६ लाख ३७ हजार १९४ दशमलव १५ कित्ता बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई वितरण गर्न सुरु गरेको हो ।
चैत १५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको दिनदेखिनै कम्पनीले बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो । हालसम्म पनि कम्पनीको शेयर भौतिक रुपमा धारण गरेका शेयरधनीहरूको हकमा शेयर अभौतिकीकरण गराएपश्चात् स्वतः सम्बन्ध्ति हितग्राही खातामा बोनस शेयर जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।