logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • घर घरमै प्रारम्भिक चरणको उपचार सेवा

    घर घरमै प्रारम्भिक चरणको उपचार सेवा

    1.4K
    Shares
    घर घरमै प्रारम्भिक चरणको उपचार सेवा

    नवलपरासी । बर्दघाट–सुस्तापश्चिमको सुस्ता गाउँपालिकाअन्तर्गत गाउँका प्रत्येक टोलमा स्वास्थ्यकर्मीबाट घरदैलोमै प्रारम्भिक चरणको उपचार सेवा दिन थालिएको छ । चौधरी फाउण्डेसनले एक एमबिबिएस चिकित्सक र एक अनमी उपलब्ध गराएकाले आवश्यकताअनुसार प्रत्येक वडाको प्रत्येक गाउँ–गाउँमा पुगेर नागरिकलाई प्रारम्भिक चरणको उपचार सेवा उपलब्ध गर्न थालिएको हो ।

    फाउण्डेसनले आवश्यक जनशक्ति उपलब्ध गराएकाले प्रसूति सेन्टरका साथै आवश्यकताअनुसार नागरिकको घर घरमा पुगेर प्रारम्भिक चरणको उपचार सेवा दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिए। निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा उद्योगपति विनोद चौधरीको पहलमा उक्त फाउण्डेसनले उक्त जनशक्ति उपलब्ध गराएको थियो ।

    गाउँपालिका र फाउण्डेसनबीच भएको सम्झौताअनुसार फाउण्डेसनले एक एमबिबिएस चिकित्सक र एक अनमीको खर्चका साथै प्रसूति सेन्टरमा आवश्यक उपकरण उपलब्ध गराएको थियो ।

    सुस्ताको पक्लिहवास्थित प्रसूति केन्द्रबाट सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend