काठमाडौं । आजबाट प्रधानमन्त्री पुष्पकमल दाहाल एवं नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरुले पार्टीका कार्यकर्ताहरुलाई पार्टी कार्यालयमा भेटघाट शुभारम्भ गर्दै छन् ।
हरेक हप्ताको शुक्रवार आजबाट प्रधानमन्त्री एवं पार्टीका मन्त्रीहरुले पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेट गर्ने कार्यक्रमको शुभारम्भ हुन लागेको हो ।