logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • मुस्ताङमा काेराना संक्रमण फैँलिदाे, १३ सक्रिय संक्रमित

    मुस्ताङमा काेराना संक्रमण फैँलिदाे, १३ सक्रिय संक्रमित

    1.2K
    Shares
    मुस्ताङमा काेराना संक्रमण फैँलिदाे, १३ सक्रिय संक्रमित

    म्याग्दी। हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभित्र १३ जना सक्रिय सङ्क्रमित देखिएका छन् ।

    जिल्लाको घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका र बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका एवम् जिल्ला अस्पतालमा कोभिड–१९ का बिरामीहरू रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक अनुप केसीले बताए ।

    जोखिमलाई मध्यनजर गर्दै अहिले उच्च सतर्कता अपनाइएको उनको भनाइ छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने र अन्य उपायहरू पनि अवलम्बन गर्नेतर्फ ध्यान केन्द्रित गरिएको उनले बताए। मुस्ताङमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

    जोमसोम बजारकी एक जना महिलामा चैत १२ गते पहिलो पटक कोभिड पुष्टि भएको मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले बताए। घरमा बालबालिका समेत बिरामी भएपछि परीक्षणका लागि जोमसोम अस्पताल आएकी महिलाको परीक्षण गर्दा कोभिड पुष्टि भएको तिवारीले जानकारी दिए।

    मुस्ताङ जिल्ला अस्पताल जोमसोममा अहिलेसम्म नयाँ वेबमा दुई जनामा कोभिड पुष्टि भएको र अन्य स्थानीय तहमा भएको परीक्षणमा पहिचान भएको तिवारीको भनाइ छ । स्वास्थ्य कार्यालय मुस्ताङका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीका अनुसार थासाङ गाउँपालिकामा ६ जना, घरपझोङ गाउँपालिकामा चार जना, बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकामा दुई जना र एक जना जिल्ला अस्पतालमा गरी १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    पछिल्लो समय १५ जनामा सङ्क्रमण पुष्टि भएको तर सङ्क्रमित भएकामध्ये दुई जना सङ्क्रमणमुक्त भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend