मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ए डिभिजन लिग: मनाङ जावलाखेलसँग पराजित, मछिन्द्र र एनआरटीको खेल बराबरी

ए डिभिजन लिग: मनाङ जावलाखेलसँग पराजित, मछिन्द्र र एनआरटीको खेल बराबरी

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।

च्यासल मैदानमा भएको खेलमा जावलाखेलले मनाङलाई ३–० गोलले हराएको हो । उसका एनकोटे मोसाबीले २ र फोडे फोफानाले १ गोल गरे । जितसँगै जावलाखेल १७ अंकसहित शीर्ष स्थानमा छ भने १५ अंक रहेको मनाङ तेस्रो स्थानमा छ ।

आजै दशरथ रंगशालामा भएको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीले १–१ गोलको बराबरी खेलेका छन् । मछिन्द्रका नुरेन करिम र एनआरटीका स्टेफिन जुनियरले गोल गरे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend