
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानका सांसदहरुलाई चेतावनी दिएका छन् । कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन्य, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ, तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को, ख्याल नठान्नु होला, यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु ‘
राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन्, ‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend