logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • इक्वेडर कारगारमा बन्दीहरूबीच झडप हुँदा १२ कैदीको मृत्यु

    इक्वेडर कारगारमा बन्दीहरूबीच झडप हुँदा १२ कैदीको मृत्यु

    1.2K
    Shares
    इक्वेडर कारगारमा बन्दीहरूबीच झडप हुँदा १२ कैदीको मृत्यु

    एजेन्सी । ग्वायाकिलको इक्वेडर बन्दरगाहमा रहेको कारगारमा बन्दीहरूबीच भएको झडमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् ।

    गत शुक्रबार छ जना बन्दी झुण्डिएको अवस्थामा फेला परेपछि कारागारमा द्वन्द्व शुरु भएको थियो । साताको प्रारम्भमा तीन जना महिला सुरक्षाकर्मी मारिएको घटना सेलाउन नपाउँदै झुण्डिएका बन्दी देखेपछि आपसमा भीषण झडप भएको हो । मृतकका शरीरमा गोली लागेका घाउ पनि छन् । यो नरसंहारको अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् । भाडाका हत्याराले ती महिलालाई गोली हानेको बताइएको छ ।

    देशको राष्ट्रिय सेना र प्रहरीले दुई दिनको अथक प्रयासपछि कारागाररको विषम स्थितिलाई साम्य पारेको छ । ग्वायाकिल कारगारमा छ हजार आठ सय कैदी छन् ।

    विश्वका प्रमुख कोकिन उत्पादक मुलुक कोलम्बिया र पेरुको बीचमा अवस्थित ग्वायाकिल हालैका वर्षमा लागू औषध तस्करीको केन्द्रबिन्दु बनेको छ ।

    फेब्रुवरी २०२१ यता इक्वेडरका जेलमा आठ वटा यस्ता वीभत्स हत्याका घटना भइसकेका छन् । ती घटनामा चार सयभन्दा बढी कैदीले ज्यान गुमाएका छन् । धैरेको शव टुक्राटुक्रा पारिएको तथा जलाइएको अवस्थामा भेटिएका थिए ।

    लागू औषध तस्करहरूले जेललाई आफ्नो कारोबार सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्दा इक्वेडरमा यस्ता घटना बारम्बार हुने गरेका छन् । गत सेप्टेम्बरमा पनि इक्वेडरको अर्को एक कारगारमा यस्तै झडप हुँदा एक सय बीस जना कैदीको मृत्यु भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend