logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रवि लामिछानेप्रति संकेत गर्दै चित्रबहादुर केसीले भने : खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गर्‍यो

    रवि लामिछानेप्रति संकेत गर्दै चित्रबहादुर केसीले भने : खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गर्‍यो

    945
    Shares
    रवि लामिछानेप्रति संकेत गर्दै चित्रबहादुर केसीले भने : खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गर्‍यो

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उनले त्यो काम स्विकार्य हुनै नसक्ने बताए ।

    आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्ष्यम्य रहेको बताए । उनले लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाडन नहुने पनि बताए ।

    अध्यक्ष केसीले भने, ‘राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र स्वतन्त्र निकाय बनाउने पहल भईरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिई आपत्तिजनक छ । एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्विकार्य छ । त्यसमाथि यो कारोबारको ठेक्का दिँदा देशको विधिविधानले स्थापित गरेको मापदण्ड भन्दा घटाएर जम्मा ७ दिनको बोलपत्र गर्ने काम कानुनी रुपमा पनि अक्ष्यम्य छ । देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्विकार्य छैन । जुनसुकै आवरणमा प्रकट भएपनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु बाञ्छनिय हुन्छ । पुराना पार्टीहरुले नै गल्ती गरेका थिए । उनीहरुले आफ्ना स्वार्थका लागि नियम, कानुनहरु बनाउँथे । नयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्क परेर हेरिरहेका थिए । खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ ग¥यो । त्यसकारणले यस्ता प्रवृत्तिलाई चाँही त्यसै छोडन हुन्न ।’

    अध्यक्ष केसीले नेपाली जनताले नयाँ पार्टीबाट केही आशा गरेको भएपनि उनीहरुले पनि पुरानै गल्ती दोहार्याउने काम गरिरहेको दावी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend