काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आजै राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । आजै राज्यमन्त्री चपाइँले मन्त्रालय पुगी पदभार सम्हालेकी छन् ।