काठमाडौँ । सरकारले बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ।
आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने जानकारी दिएको हो।
मन्त्रालयले छदेखि ५९ महिना उमेर समूहका बालबालीकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने जनाएको छ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।