काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पगेका हुन् ।
अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने वषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन् । साथमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, काँग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन् ।
विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । आईतवार बिहान सभामुखले बालकोटमा बैठक बोलाएपनि प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन ।