logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौंमा गृहमन्त्री श्रेष्ठविरुद्ध मिटरब्याज पीडितहरुको प्रर्दशन, राजीनामा माग

    काठमाडौंमा गृहमन्त्री श्रेष्ठविरुद्ध मिटरब्याज पीडितहरुको प्रर्दशन, राजीनामा माग

    959
    Shares
    काठमाडौंमा गृहमन्त्री श्रेष्ठविरुद्ध मिटरब्याज पीडितहरुको प्रर्दशन, राजीनामा माग

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रर्दशन गरेका छन । सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाईते समेत भएका उनीहरुले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन ।

    आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुले बताएका छन ।

    सोमबार (हिजो) काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते समेत भएका थिए । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुलाई सरकारले दमन गरेको भन्दै मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए । उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भिर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।

    मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानवीन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend