काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन काठमाडौं—तराई मधेश द्रुर्तमार्गको अवलोकन गरेका छन् । मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौँलाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको आयोजनाका रुपमा लिइन्छ ।