काठमाडौं । नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागहरुको मौसम समान्यतया सफा रहेको छ।
दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।
राति भने देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
वर्षाका कम भए संगै डढेलोका घटनाहरु बढेको कारणले उपत्यका लगायत देशका धेरै भूभागहरुमा तुवाँलोको संभावना रहेको छ भने यसबाट वायु प्रदूषणमा वृद्दि भइरहेको महाशाखाले जनाएको छ ।
त्यसैले मेघगर्जन, चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदूषणबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।