सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाइ ७ दिन भित्र स्पष्टीकरण दिन निर्वाचन आयोगको निर्देशन

खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाइ ७ दिन भित्र स्पष्टीकरण दिन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । गत मंशिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले खर्च बिवरण नबुझाए पछि निर्वाचन आयोगले ताकेता गरेको छ ।

चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरे पछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै उल्लेख गरेर समयसिमासहित निर्देशन दिएको हो । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ गरी ७४ जना उम्मेदवारले खर्च विवरण नबुझाएको सुचनामा उल्लेख छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend