logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रधानन्यायाधीश नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    प्रधानन्यायाधीश नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    1.2K
    Shares
    प्रधानन्यायाधीश नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निस्कर्ष सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधवार बिहान बसेको बैठक विना निस्कर्ष टुंगिएको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए । उनले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुरु भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।

    वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend