मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको मूल्य घट्यो, चाँदीको स्थीर

सुनको मूल्य घट्यो, चाँदीको स्थीर

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यता तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार चाँदीको तोला १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend