logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा सम्बन्धी समस्या प्राथमिकतामा: मन्त्री शर्मा

    प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा सम्बन्धी समस्या प्राथमिकतामा: मन्त्री शर्मा

    1.2K
    Shares
    प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा सम्बन्धी समस्या प्राथमिकतामा: मन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छिन् ।

    बिहीवार वैशाख ५ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहेपनि मिति भने तोकि नसकिएको बताइन् ।

    उनले भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरु मन्त्रालयहरुले प्राथमिकताका आधारमा सुझाव दिने बताइन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा सम्बन्धी समस्याका कुराहरु प्राथमिकतामा पर्नेपनि बताइन् ।

    उनले भनिन्, ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्नेकुरा छ तर मिति निश्चित भइसकेको छैन । मिति तय भइसकेपछि नै भ्रमणको तयारीको बारेमा मन्त्रालयले प्राथमिकताका आधारमा योजना बनाउनेछ । के कस्ता योजना समावेश गर्ने ? भन्नेकुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकि सकिएको छैन । भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो । सीमा सम्बन्धी समस्याका कुराहरु प्राथमिकतामा पर्नेछन् ।’

    मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारसँग छलफलका एजेण्डाहरु तय गर्नेपनि बताइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend