मधेस । मधेस प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहले मधेस प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताएका छन् ।
बिहीवार मन्त्रालयमा मधेस प्रदेश सरकारको कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम समावेश गर्ने योजनाको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले गठबन्धनको सरकार भएको भन्दै कुनैपनि बेला परिवर्तन हुनसक्ने बताए । मन्त्री कुशवाहले वैशाख १० गतेको निर्वाचन पछि सरकार परिवर्तन हुने देखिए पनि मन्त्रालयको गतिविधि कायम राख्ने बताए । उनले सरकार परिवर्तन भए पनि बनाएका योजना कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रालयले गर्न कामको बारेमा जानकारी दिन खोजेको बताए ।
उनले मन्त्रालयको कृषि उपजहरुलाई बजारिकरण गर्न पालिका स्तरमा साना कृषि बजार स्थापना र निर्वाचन क्षेत्र अनुसार कोल्ड स्टोर बनाउने बताए । उनले हरेक जिल्लामा भेटनरी एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको बताए ।
उनले रसायनिक मलको आपूर्तिलाई व्यवस्थित गर्ने बताए । उनले आगामी आर्थिक वर्षमा संघीय मन्त्रालयले करिव ५ लाख मेट्रिक टन रसायनिक मल खरिद गर्ने बजेट व्यवस्थापन गरेको भन्दै देशमा मधेस प्रदेशमा १ लखा ५० हजार मेट्रिक टन रसायनिक मल पाउने बताए ।