आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

ईपीएस कोरियालाई मन्त्रालयकाे प्रश्न– कोरिया जाने भाडा महँगो किन ?

ईपीएस कोरियालाई मन्त्रालयकाे प्रश्न– कोरिया जाने भाडा महँगो किन ?

काठमाडौं । कोरिया जाने हवाई भाडा अत्यधकि भएको गुनासो यात्रुबाट आइरहेको विषयप्रति श्रम मन्त्रालयले विशेष ध्यानाकृष्ट गर्दै नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे मन्त्रालयले ‘ईपीएस कोरिया’ सँग स्पष्टीकरण सोध्ने भएको छ ।

कोरियन एयरले यात्रुसँग महँगो भाडा असुल गरिरहेको सन्दर्भमा श्रम मन्त्रालयमार्फत तीन दिन भित्र जवाफ पेश गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय पर्यटन मन्त्रालयले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।

मन्त्री किरातीका अनुसार ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको मन्त्री किरातीले जानकारी दिए ।

‘नाफा कति प्रतिशत बढाउन पाइने निर्णय छ ?, कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके?, समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ ‘ भन्नेबारे समेत प्रश्न सोधिने भएको छ ।

कोरियन एयरले १ लाख ८५ हजार भाडा लिएको तर, ट्रान्जिट भएर जाँदा ७० हजार मात्र भाडा लिएको सन्दर्भमा कोरियन एयरले किन धेरै भाडा लिएको हो भन्नेबारे समेत ईपीएस कोरियाले जवाफ दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend