बारा । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा २ मा नमच्चिने जनमतको सय हर्कत भनेका छन् । जनमत पार्टीका नेतादेखि कार्यकर्तासम्म अनेक स्टन्ट र भ्रम श्रृजना गर्न तल्लिन रहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका छन् ।
मौन अवधि सुरु भएसँगै जनमत पार्टीले फर्जी मतपत्र मतदातालाई बाँडेको पाइयो । मतदातालाई भ्रमित पार्ने उद्देश्यले तयार पारिएको मतपत्रले जनमत पार्टीको असलियत छर्लङ्गीएको छ ।
राजनीतिक दल जनतलाई झुक्याउन हैन जनतालाई सुसुचित गर्नका लागि हो भन्ने सामान्य चेत पनि जनमत पार्टीले देखाएन, बस्नेतले लेखेका छन् ।
निर्वाचन आचारसंहिता विपरित जनमत पार्टीले बारा २ को प्रचारप्रसारमा बालबालिका प्रयोग गरिएको भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो । निर्वाचन आयोगले अनदेखा गरेको बस्नेतले भनेका छन् ।