logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • एसिसी प्रिमियर कप: साउदी अरेविया पहिलो जित

    एसिसी प्रिमियर कप: साउदी अरेविया पहिलो जित

    1.2K
    Shares
    एसिसी प्रिमियर कप: साउदी अरेविया पहिलो जित

    काठमाडौं । साउदी अरेवियाले एसिसी प्रिमियर कपमा कतारलाई ७ विकेटले पराजित गरेको छ । साउदीले पहिलो जितका साथ सेमिफाइनल पुग्न सक्ने समिकरण कायमै राखेको छ ।

    जितको लागी २ सय १७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । साउदी अरेवियाको जितमा ओपनर अब्दुल वहिदले १ सय ८ बलमा २१ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेले । टोलीलाई जितको लागि मात्रै दुई रन चाहिँदा खुराम शाहजादको बलमा बोल्ड भएका थिए ।

    उनले ९८ बलमा आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय शतक हानेका थिए । साउदीलाई ओपनर अब्दुल र वाकर उल हसनले १७.५ ओभरमा १ सय १८ रनको सानदार शतकीय साझेदारीका साथ सहज जितको आधार तय गरेका थिए ।

    उल हसन ५५ बलमा ९ चौकासहित ५५ रनमा क्याच आउट भए । साद खान शून्यमा बोल्ड आउट भए । कप्तान हिशम शेख ३८ बलमा २ चौकासहित २१ रनमा अविजित रहे । कतारका इक्रमाउल्लाह खानले दुई विकेट लिए ।

    त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतार ४९.५ ओभरमा २ सय १६ रनमा अल आउट भएको थियो । कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । ओपनर कमरान खान ३९ बलमा ७ चौकासहित ३६ रनमा आउट भए ।

    साउदीका तीव्र गतिका बलर अतिफ उर रहमानले ओपनर जाहिर इब्राहिमलाई एक रनमा बोल्ड आउट गरेका थिए । अतिफकै बलमा कामरन खान क्याच आउट भए । विकेटकिपर इमाल लियांगे ३१ बलमा ६ चौकासहित ३१ रनमा आउट भए । कप्तान मोहम्मद रिजलान ३९ बलमा ४ चौकासहित २८, इक्रामउल्लाह खान १४ र आमिर फारुक ४ रनमा आउट भए ।

    तल्लोक्रमका खुराम शाहजाद ४३ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा आउट भए । सनदुन विथानागे १५ बलमा २ चौकासहित १४ रनमा अविजित रहे ।

    साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९.५ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिए ।

    समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । साउदीले तेस्रो खेल सोमबार घरेलु टोली नेपालसँग मुलपानी मैदानमा खेल्नेछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले पराजित भएको थियो । कतारले तेस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend