काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं.२ उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले निर्वाचनलाई भयरहित वातावरण सम्पन्न गर्न अन्य दलबाट भइरहेको अराजक गतिविधि रोक्न अनुरोध गरेका छन् ।
अहिले केही बेर अगाडि फेसबुक लाइफ बाट सभपति लामिछानेले चितवन क्षेत्र नं.२ मा भइरहेको उप निर्वाचन आज मतदान भइरहेको प्रक्रियामा एक दुई मतदान केन्द्रमा अन्य दलका कार्यकर्ता र रास्वपाबीच विवाद उत्पन्न भएको विषय उल्लेख गर्दै उनले अराजय गतिविधि नगर्न नगराउन हुन अनुरोध गरेका हुन् ।
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन प्रक्रिया भएको उल्लेख गर्दै उनले सबै राजनीतिक दल, उम्मेदवार र दलका नेताहरु, सुरक्षा निकाय लाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन आग्रह समेत गरे ।
बाँकी रहेको समयमा पनि सबै मतदातालाई आ–आफ्नो मतदान केन्द्र गई मत जाहेर गर्न उनले बिशेष अनुरोध गरेका छन् ।
https://www.facebook.com/rabi.nikitalamichhane/videos/574956948062808